गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार

लोकपथ
196
Shares

काठमाडौं । रसुवा जिल्लाको गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ यात्रीको नेपाली सेनाले उद्धार गरेको छ । 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार गोसाईंकुण्ड–५ बाट पदयात्रीको उद्धार गरी स्याफ्रुवेशी ल्याइएको छ । उनीहरूको खोजी तथा उद्धारका लागि श्रीनाथ गणबाट टोली परिचालन गरिएको थियो ।

बेपत्ता भएका अन्य चार जनाको ड्रोन क्यामेरासहित सेना, नेपाल प्रहरी र सशस्त्र  प्रहरी बल नेपालको टोलीले पाँच स्थानमा खोजी कार्य गरिरहेको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?