नेपालको प्राकृतिक विपत्तिमा आवश्यक सहयोग दिन प्रतिबद्ध छौँ : मोदी

लोकपथ
364
Shares

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत सन्देश दिँदै यस कठिन समयमा आफू नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताएका छन् ।

उनले लेखेका छन्, ‘नेपालमा भएको भीषण वर्षा र त्यसबाट भएको जनधनको क्षतिले म अत्यन्त दुःखी छु । यस कठिन घडीमा भारत नेपालका दाजुभाइ र दिदीबहिनीहरूको साथमा छ ।’

मोदीले विपद्को समयमा छिमेकी मित्रराष्ट्रका हैसियतले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?