बीपी राजमार्ग ४ दिनभित्रै खुल्छ : मन्त्री घिसिङ

लोकपथ
574
Shares

 काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत सडकको विभिन्न ठाउँमा भएका अवरोध हटाउने काम सुरु भएको  बताएका छन् । 

आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले भने, ‘बीपी राजमार्गको नेपालथोकमा अवरुद्ध सडक तत्काल खोल्नेछौँ। काम सुरु गरिसकेका छौँ। तीन–चार दिनभित्र सडक सञ्चालनमा ल्याउने योजना छ, सम्भव भए त्यसभन्दा छिटो पनि खोल्नेछौँ ।’

मन्त्री घिसिङले यातायात सुचारु गर्न काम अगाडि बढाइएको र पूर्वी सडकहरूमा सबैभन्दा बढी क्षति भएकाले निर्माण कार्य पनि सुरु हुने तयारी भइरहेको बताए ।

सडक अवरुद्ध रहेकाले तत्कालका लागि वैकल्पिक मार्गहरू प्रयोग गर्न सबैमा आग्रह गरिएको छ । साथै उनले यस वर्षको मनसुनजन्य जोखिम टरेको पनि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?