त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घण्टाका लागि बन्द, वर्षा रहुन्जेल बन्दको सम्भावना

लोकपथ
980
Shares

काठमाडौं ।
खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको सेवा २ घण्टाका लागि बन्द गरिएको छ । सबै प्रदेशमा पानी परिरहेको कारण उडान र अवतरणमा समस्या हुने भन्दै आन्तरिक उडानतर्फका सबै सेवा स्थगन गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विभिन्न आन्तरिक वायुसेवा कम्पनीहरूलाई सूचना पठाएर २ घण्टा विमानस्थल बन्द रहने जानकारी गराएको हो । पहिलो सूचना अनुसार बिहान पौने ११ बजेसम्म विमानस्थल बन्द रहने छ ।

विमानस्थलका प्रवक्तासमेत रहेका निर्देशक रिञ्जी शेर्पाका अनुसार अहिले इनरुट मौसममा समेत समस्या देखिएको र उडान गर्ने तथा अवतरण गर्ने सबै स्थानको मौसम समेत खराब रहेकाले आन्तरिकतर्फका उडान र अवतरण स्थगन गरिएको हो ।

अहिले मध्यम वर्षा भइरहेको छ र यही समयमा बिहान पौने ११ बजेसम्मका लागि आन्तरिक विमानस्थल बन्द गरिएको छ ।

तर अपराह्नपछि भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेकाले त्यसपछि पनि उडान र अवतरण स्थगन हुन सक्ने प्रवक्ता शेर्पाले लोकपथलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?