काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले देशको स्वाधिनता अहिले गम्भीर अवस्थामा रहेको बताएका छन् । उनले सबै राजनीतिक दलहरुले पार्टी रूपान्तरण र लोकतान्त्रिकरणमा ध्यान दिनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले भने, ‘देश रह्यो, लोकतन्त्र रह्यो भने मात्र प्रतिस्पर्धा सम्भव हुन्छ । पार्टीलाई लोकतान्त्रिक, शुद्ध र नयाँ बनाउन जरुरी छ। यसले जेन जी आन्दोलनका शहीद र घाइतेहरूप्रति सम्मान प्रकट गर्छ ।’
उनले आफूहरू अब पदाधिकारी नभई महाधिवेशन आयोजक समितिको सदस्य मात्र भएको जानकारी दिँदै, जेन जी आन्दोलनको मूल स्पिरिटलाई आत्मसाथ गरेर यो निर्णय लिएको बताए । उनले अरू पार्टीहरूलाई पनि देशको स्वाभिमान, स्वाधिनता र लोकतन्त्रको लागि सँगै काम गर्न आह्वान गरे ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बिहीबारदेखी काठमाडौंमा जारी थियो। अध्यक्ष दाहालले आगामी महाधिवेशनमा उम्मेदवार नहुने र प्रतिस्पर्धा नगर्ने दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया