निर्वाचनको पक्षमा देखियो माओवादी केन्द्र, विशेष महाधिवेशनको मिति तोक्ने तयारी

लोकपथ
217
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले आगामी निर्वाचनलाई संविधानअनुसार सम्पन्न गर्न आवश्यक पहल गर्ने निर्णय गरेको हो ।

बैठकपछि उपाध्यक्ष एवं प्रवक्ता अग्नीप्रसाद सापकोटाले पार्टीले निर्वाचन सुनिश्चितताका लागि सरकारलाई निरन्तर सचेत गराउने बताए ।

उनका अनुसार लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधर राजनीतिक शक्तिसँग वार्ता र संवादमार्फत समझदारी कायम गर्ने, समाजवादी मोर्चा लगायत विचार मिल्ने दलहरूसँग एकता गर्ने र देशभक्त एवं परिवर्तनकारी शक्तिहरूसँग संयुक्त मोर्चा निर्माण गर्ने समेत निर्णय गरिएको छ ।

साथै, स्थायी कमिटी बैठकले विशेष महाधिवेशनको तयारी स्वरूप एजेन्डा तय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए । बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?