प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना छैन : अर्थमन्त्री खनाल

लोकपथ
10.6k
Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले संविधानअनुसार वर्तमान सरकार सञ्चालन भइरहेकाले प्रदेश खारेज गर्ने विषयमा कुनै सोच नभएको बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मन्त्री खनालले एक प्रश्नको जवाफमा अहिलेको अवस्थामा एक हजार र पाँच सयका नोट प्रतिबन्ध लगाउनेबारे कुनै छलफल नभएको जानकारी दिए ।

भारतले लागू गरेको एकीकृत कर ‘गुड्स एण्ड सेल्स ट्याक्स’सम्बन्धमा अध्ययन भइरहेको उल्लेख गर्दै उनले उद्योग व्यवसाय र औद्योगिक प्रतिष्ठानमा क्षति पुग्ने अवस्था भए आवश्यक सुधार गर्ने आश्वासन समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?