नेतृत्व परिवर्तनबारे प्रचण्ड भन्छन् : ‘महाधिवेशनसम्म सबै हल हुन्छ’

लोकपथ
301
Shares
फाइल तस्बिर

 काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकपछि उनले नेतृत्व परिवर्तनबारे छलफल भइरहेको र महाधिवेशनसम्म सबै कुरा समाधान हुने बताए ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको आन्दोलनमा राजनीतिक दलका पुराना नेताले नेतृत्व छोड्नुपर्ने माग उठाएको थियो । त्यसयता पार्टीभित्रै र माओवादीसहित अन्य राजनीतिक दलका नेतामाथि नेतृत्व परिवर्तनका लागि दबाब बढिरहेको छ ।

केन्द्रीय कमिटीको एजेन्डा तय गर्न बुधबार माओवादीको स्थायी कमिटी बैठक बसिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?