फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनु छ : सञ्चारमन्त्री खरेल

लोकपथ
378
Shares

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जशदीश खरेलले सरकारले फागुन २१ गते जसरी पनि चुनाव गर्नुपर्ने म्यान्डेट पाएको बताएका छन् । 

सोमबार सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उनले सरकारको मुख्य काम ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउनु पर्ने बताएका हुन् ।

सञ्चारमन्त्री खरेलले जनताले अनुभूति गर्ने गरी भ्रष्टाचार नियन्त्रण र पुनर्निर्माणको काममा पनि सरकारले केही संरचना बनाएर ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले धुलो र खरानी टक्टक्याउँदै सरकारले जनतामा अनुभूति हुने गरी पुननिर्माणको कामलाई अघि बढाउने पनि बताए ।  

त्यस अवसरमा मन्त्री खरेलले कर्मचारीहरुको काममा आफूले हस्तक्षेप नगर्ने पनि बताए । राजनीतिक हस्तक्षेपका कारण विगतमा कर्मचारीहरुले काम गर्न नसकेको उल्लेख गर्दै उनले आफूले हस्तक्षेप नगर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?