काठमाडौं । सशस्त्र प्रहरीले धनुषामा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
विदेह नगरपालिका–३ गोबराहीस्थित बाँसघारीभित्र लुकाइ राखिएको अवस्थामा ८ सय ३५ किलोग्राम गाँजा फेला परेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालयको विशेष सूचनाका आधारमा नेपाल नं.८ गण धनुषाबाट खटिएको टोलीले शुक्रबार सो गाँजा बरामद गरेको हो ।
प्रहरी निरीक्षक हेमन्त लिम्बूको कमाण्डमा खटिएको २७ जनाको टोलीले उक्त गाँजा फेला पारेको हो । बरामद गरिएको गाँजा गोबराहीका स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा लुकाइ राखिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अशोक बमले जानकारी दिए ।
बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया