काठमाडौं । संविधान दिवसको अवसरमा नेकपा (एमाले)ले आज च्यासलस्थित पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ। बिहानैदेखि नेता–कार्यकर्ताहरू च्यासल पुग्ने क्रम जारी छ।
कार्यक्रमलाई लक्षित गर्दै सो क्षेत्र वरिपरि सुरक्षामा कडाइ गरिएको छ। विशेषगरी जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै नेपाल प्रहरीले कार्यालय परिसर तथा आसपासका क्षेत्रमा बाक्लो सुरक्षा उपस्थिति कायम गरेको छ।
एमालेका अनुसार आजको कार्यक्रममा संविधानका उपलब्धिहरूको चर्चा हुने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि अपिल गरिनेछ। अध्यक्ष ओली स्वयं कार्यक्रममा सहभागी हुने–नहुने विषयमा भने अहिलेसम्म टुंगो लागेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया