सैनिक ब्यारेकबाट निस्किए ओली, अबको बसाइ गुण्डुमा

लोकपथ
4.8k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिर आएका छन् ।

गत भदौ २४ को जेनजी आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिँदै बालुवाटारबाट सेनाको हेलिकोप्टरमार्फत् भागेका थिए ।

ओलीलाई शिवपुरीस्थित सैनिक ब्यारेकमा सेनाको उच्च निगरानीमा राखिएको थियो ।

बालकोटस्थित ओलीको घरसमेत जेनजी आन्दोलनका क्रममा जलाइएको छ । ओलीको घर जले पनि आज शिवपुरीबाट भक्तपुरस्थित गुण्डुमा ल्याएर भाडाको घरमा राखिएको छ ।

उक्त क्षेत्र पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका नेता महेश बस्नेतको क्षेत्र हो । केही दिनदेखि बस्नेतले ओलीलाई सैनिक ब्यारेकबाट गुण्डुस्थित एक घरमा राखिएको हो ।

अहिले उक्त स्थानमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको ठूलो भीड लागेको छ ।

ओली केही दिन औपचारिक कार्यक्रममा बाहिर ननिस्कने बताइएको छ । भदौको दोस्रो साता ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै चौतर्फी आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?