काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माण सरकार र निजी क्षेत्रको सहकार्यबाट सम्पन्न गरिने बताएका छन् ।
हिलटेक समूहले बिहीबार नेपाल प्रहरीलाई सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले आन्दोलनका क्रममा ठुलो क्षति भएको उल्लेख गर्दै छिट्टै पुनर्निर्माण सम्पन्न गरी सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘निजी क्षेत्रले जुन खालको सहयोग गर्ने उत्साह देखाएको छ, धेरै ठाउँमा प्रहरी चौकी र सरकारी कार्यालय स्वस्फूर्त रूपमा पुनर्निर्माण गर्ने अभियान सुरु भएको छ । काठमाडौँसहितका धेरै ठाउँमा निजी क्षेत्रले जिम्मा लिएर काम पनि गरिरहेको छ, म सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
मुख्यसचिव अर्यालले पुनर्निर्माणमा निजी क्षेत्र र युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै यस अभियानलाई छिटो सम्पन्न गर्न सबैसँग सहकार्य गर्न आग्रह गरे ।
सोही अवसरमा हिलटेक समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारलाई १ हजार लिटर क्षमताका १०० वटा पानी ट्याङ्की, ५०० थान ट्राफिक कोन तथा अन्य सामग्री हस्तान्तरण गरेको समूहका अध्यक्ष कमल जैनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया