भायानेटले ल्यायो दसैँ अफर : छुट, उपहार र क्यासब्याक

लोकपथ
91
Shares

काठमाडौं । लोकप्रिय इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दसैँको अफर सार्वजनिक गरेको छ । नयाँ तथा पुराना दुवै ग्राहकहरुका लागि भायानेटले यस वर्षको दसैँको आकर्षक अफर सार्वजनिक गरेको हो ।

प्रत्येक वर्ष दसैँमा विशेष योजना ल्याउने भायानेटले यस पटक अझै ठूलो अफर ल्याएको जनाएको छ।

यो दसैँमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको  नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन्। यस अफर अन्तर्गत ३ हजार पर्ने मेस राउटर ५०० छुटसहित २ हजार ५०० मा उपलब्ध हुनेछ। त्यस्तै,  रु. १० हजार ७४९ पर्ने डूअल ब्यान्ड फोन जेडटिई नुबिया ए ३६ छुटसहित ८ हजार 2९९ मा पाइनेछ । साथै, ४३-इन्चको हिमस्टार स्मार्ट टिभी २७ हजार ९९९ मा किन्न सकिनेछ।

यससँगै, ८हजार ४०० माथि इसेवा एप मार्फत भुक्तानी गर्ने ग्राहकले PromoCode VIA300 हालि ३०० क्यासब्याक पाउनेछन्। साथै, ग्राहकहरूले ‘Spin the Wheel’ मा भाग लिएर थप उपहार जित्ने अवसर पनि पाउनेछन् । यस स्पिनमार्फत थप १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?