तेस्रो सर्किटपछि आजका लागि शेयर बजार बन्द

लोकपथ
259
Shares

काठमाडौं । जेनजी आन्दोलनपछि खुलेको शेयर बजारमा लगातार तेस्रो नेगेटिभ सर्किट ब्रेक लागेपछि आजका लागि सम्पूर्ण कारोबार बन्द गरिएको छ ।

आज कारोबार खुलेको केही मिनेटमै नेप्से परिसूचक तीव्र रूपमा ओरालो लाग्दै ५ प्रतिशतभन्दा बढीले घटेपछि तेस्रो पटक सर्किट ब्रेक लागेर बजार बन्द भएको हो ।

यसअघि पहिलो सर्किट ब्रेकपछि २० मिनेटका लागि, दोस्रो सर्किट ब्रेकपछि थप ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । तर सूचकको निरन्तर गिरावट नरोकेपछि नियमानुसार तेस्रो सर्किट लागी बाँकी कारोबार स्थगित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?