नयाँ पुस्ताको विश्वास जित्ने गरी काम गर्नुपर्छ : महासचिव पोखरेल

लोकपथ
245
Shares

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको गतिविधि नयाँ पुस्ताको विश्वास र अपेक्षाअनुसार अगाडि बढाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

महासचिव पोखरेलले भनेका छन् , ‘नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गरौँ। त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको विरोध गरौँ। नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔँ। जनतासँगको सम्बन्धलाई जीवन्त र घनिष्ठ बनाऔँ ।’

साथै उनले जनपक्षीय जीवनशैली र आचरणमा जोड दिनुपर्ने पनि उल्लेख गरेका छन् । पोखरेलले आन्तरिक एकता र पार्टी पंक्तिको मनोबल उच्च राख्नुपर्नेमा जोड दिँदै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न पार्टीसदस्यलाई जागरूक रहन आग्रह गरेका छन् ।

उनले लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यमा पनि जोड दिनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?