काभ्रेपलाञ्चोक । सिन्धुली कारागारमा आगजनी र तोडफोडपछि गत भदौ २५ गते फरार भएका ४७१ कैदीमध्ये २५४ जना कारागार फर्किएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार फर्किएका मध्ये धेरैजसो आफैं उपस्थित भएका हुन् भने केहीलाई सुरक्षाकर्मीहरूले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका छन् । बर्दिबास, खुर्कोट र सिन्धुलीका विभिन्न ठाउँबाट समेत कैदीहरू पक्राउ परेका छन् । त्यस्तै, २ जना फरारलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
फर्किएका कैदीहरूले असामान्य परिस्थिति भएकै कारण भाग्न बाध्य भएको बताएका छन् । कारागार प्रशासनले बाँकी कैदीको खोजीलाई तीव्रता दिने, कारागार व्यवस्थापनलाई सामान्य अवस्थामा ल्याउने र भविष्यमा यस्ता घटना नदोहरिने उपायलाई प्राथमिकतामा राखेको जनाएको छ ।
यसअघि भएको आगजनी र तोडफोडका कारण कारागार सुरक्षाबारे प्रश्न उठेका छन् । बाँकी फरार कैदीहरूको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया