काठमाडौ । बुधबार नेपाल सरकारले एक दिन शोक बिदा दिने घोषणा गरेसँगै मलेसियास्थित नेपाली दूतावासले पनि बिदा दिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै दूतावासले सेप्टेम्बर १७ मा दूतावास बन्द रहने जनाएको छ ।
नेपालमा हालै भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली स्वरूप सरकारले असोज १ गते सार्वजनिक बिदा घोषणा गरेको थियो । सोही निर्णयअनुसार मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले पनि १७ सेप्टेम्बर, २०२५ मा बिदा दिने निर्णय गरेको हो ।
राजदूतावासले मंगलवार सूचना जारी गर्दै शोक दिवसको मनाउने भएकाले दूतावास बन्द रहने जनाउँदै आकस्मिक सेवाका लागि भने विशेष व्यवस्था गरिएको जनाएको छ । दूतावासले आपत्कालीन सेवाका लागि नेपाली नागरिकले दूतावासको हटलाइन नम्बर ०१६–२४७२७७७ मा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ ।

दूतावासले आफ्नो नियमित सेवा भने बिहीबार अर्थात् १८ सेप्टेम्बर, २०२५ देखि पुनः सञ्चालन हुने स्पष्ट पारेको छ ।
गत भदौ २३ र २४ गते नेपालमा भएको प्रदर्शनले व्यापक जनधनको क्षति भएको थियो । प्रदर्शनकै क्रममा ज्यान गुमाएका नागरिकप्रति सम्मान प्रकट गर्दै सरकारले शोक दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । विदेशस्थित नेपाली नियोगहरूले समेत नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गर्दै बिदामा आवश्यक समायोजन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया