काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नयाँ कार्यालय भवन अझै भव्य रुपमा पुनर्निर्माण गरिने घोषणा गरेका छन् ।
मंगलबार पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यालयको अनुगमनका क्रममा अध्यक्ष दाहालले जेन जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट ठूलो क्षति पुगे पनि पार्टी पंक्ति र देशभित्र बाहिर रहेका सदस्यहरूको सहयोगमा नयाँ भवन अझ आकर्षक बनाइने बताए ।
उनले कार्यालयमा रहेका महत्वपूर्ण माइन्युट, पुस्तकालय र केही कम्प्युटर तथा रेकर्ड सुरक्षित रहनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै त्यसलाई जोगाउन भूमिका खेलेका कर्मचारी र कार्यकर्ताप्रति आभार प्रकट गरे ।
‘कार्यालयका सबै कोठा अवलोकन गर्दा ठूलो क्षति भएको देखियो । तर पार्टीका माइन्युट र पुस्तकालय बच्नुलाई ठूलो उपलब्धि मान्छु,’ दाहालले भने, ‘अब पार्टीको नयाँ कार्यालय सिंगो पार्टी पंक्ति र सदस्यहरूको सहयोगमा अझै भव्य रुपमा बन्नेछ ।’
जेन जी आन्दोलनको क्रममा माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया