काठमाडौं । भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा भएको गाडी दुर्घटनामा चार जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै घरका तीन जनासमेत छन् ।
मृत्यु हुनेमा सल्यानको कुमाख–४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट छन् ।
यस्तै, दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । नवराज र हिमबहादुरले भने हाम फालेर ज्यान जोगाएका थिए । उनीहरूको गाडीको ढाला पछाडि बसेकाले फाल हान्न सफल भएका थिए । घाइतेको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा ज्यान गुमाउने लक्ष्मी नवराजकी पत्नी हुन् । यस्तै, ज्यान गुमाउने लक्ष्मी डिल्लीबहादुरकी माइला दाइकी बुहारी हुन् भने एकेन्द्र डिल्लीबहादुरका जेठा दाइका छोरा हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया