सरकारको निर्णय : मृतकलाई शहीद घोषणा गरिने, परिवारलाई १५ लाख क्षतिपुर्ति

लोकपथ
1.2k
Shares

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई शहीद घोषणा गर्दै परिवारलाई १५ लाख दिने निर्णय समेत गरेको हो ।
यसअघि १० लाख दिइँदै आइएकोमा अहिले भने ५ लाख थप गरेर १५ लाखसहित अन्य सुविधा उपलब्ध गराउने निर्णय समेत भएको हो ।

बैठकपछि बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले निर्णयबारे जानकारी दिए । त्यस्तै मृतकहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टी गरिने र आगामी असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?