असोज १ गते शोक बिदा दिने सरकारको निर्णय

लोकपथ
10k
Shares

काठमाडौं । सरकारले असोज १ गते बुधबार राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको छ ।

सुशीला कार्की प्रधानमन्त्री भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बैठकमो निर्णय सुनाउँदै गृह एवं कानुनमन्त्री ओमप्रकाश अर्यालले त्यसबारे जानकारी दिए । जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने र राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने निर्णय भएको समेत मन्त्री अर्यालले जानकारी दिए ।

साथै सरकारले जेनजी आन्दोलनका क्रममा भएको धरपकडको घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायीक समिति बनाउनेबारे छलफल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?