प्रधानमन्त्री कार्कीको काँधमा १५ मन्त्रालयको जिम्मेवारी

लोकपथ
1.1k
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सानो आकारको मन्त्रिमण्डल गठन गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले आज तीन मन्त्री नियुक्त गरेकी हुन् ।

त्यसो त प्रधानमन्त्री कार्कीको काँधमा प्रधानमन्त्री बाहेक १५ मन्त्रालयको जिम्मेवारी आएको छ ।

जसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, परराष्ट्र मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, रक्षा मन्त्रालय , वन तथा वातावरण मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्रविधि मन्त्रालय,सङ्घीय मामिला तथा सामान्य प्रशासनस सञ्चार तथा सूचना प्रविधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेका छन् ।

त्यस्तै प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयसहित ३ मन्त्रालयको जिम्मेवारीमा नियुक्त गरेका छन् । कुलमानलाई शहरी विकास र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यता अधिवक्ता समेत रहेका ओम प्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । साथै आजै पदभार समेत ग्रहण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?