अख्तियारको चेतावनी : जेनजी प्रदर्शनमा चोरिएका सामान बुझाऊ, अन्यथा कानुनी प्रक्रियामा अघि बढ्ने

लोकपथ
462
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेनजी प्रदर्शनको क्रममा चोरी भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । अन्यथा कानुनी प्रक्रियामा अगाडि बढ्ने चेतावनी दिइएको छ ।

अख्तियारले आज सोमबार सूचना जारी गर्दै भदौ २३ र २४ गते प्रदर्शनको क्रममा चोरी भएका जिन्सी सामान फिर्ता गर्न आग्रह गरेको हो ।

अख्तियारले भदौ २४ गते केन्द्रीय कार्यालय टंगाल (काठमाडौं) सहित इटहरी, हेटौंडा, पोखरा, बुटवललगायतका कार्यालयहरूबाट चोरी तथा लुटपाट भएको जनाएको छ । त्यसक्रममा सवारी साधन, टिभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्डडिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पंखा चोरी भएको पनि अख्तियारले जनाएको छ । उसले सिसिटिभी फुटेजमार्फत चोरी गर्नेलाई पहिचान गर्ने काम भइरहेको पनि जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?