जेनजी आन्दोलनमा ज्यान गुमाएकाको शव घर पुर्‍याउने व्यवस्था सरकारले गर्ने

लोकपथ
35
Shares

 काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको शव परिवारलाई बुझाउन सरकारले व्यवस्था गर्ने भएको छ ।

आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री सुशीला कार्कीले आयोजित सचिवहरूसँगको परिचयात्मक कार्यक्रममा यस्तो जानकारी दिएकी हुन् ।

 उनले भनिन्, ‘अब क्रमशः सदगदको तयारी हुन्छ । पोस्टमार्टम भइसकेका शव कसैले आफ्नो घर लैजान चाह्यो भने त्यसको व्यवस्थापन गरिदिनेछ । यतै दाहासंस्कार गर्ने चाहनामा पनि बाटो खोलिएको छ ।

प्रधानमन्त्री कार्कीले आन्दोलनका घटनाबाट उत्पन्न पीडामा परेका परिवारलाई सम्मानपूर्वक व्यवस्थापन गर्ने सरकारको प्राथमिकता रहेको उल्लेख गरिन् ।

उक्त कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले जेनजी आन्दोलनका क्रममा देशभरमा ७२ जनाको निधन भएको जानकारी दिए । उनका अनुसार मृतकमध्ये आन्दोलनकारीतर्फ ५९ जना, प्रहरीतर्फ ३ जना र कारागारबाट भाग्ने क्रममा १० जना कैदीको ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?