आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने

लोकपथ
77
Shares

काठमाडौं । जेनजी आन्दोलनका कारण लामो समयदेखि अवरुद्ध रहेका शैक्षिक संस्था आजदेखि खुल्ने भएका छन् । काठमाडौं महानगरपालिकाले मातहतका विद्यालयलाई पठनपाठन सुचारु गर्ने तयारी गर्न निर्देशन दिएको हो ।

महानगरले पठाएको सूचनाअनुसार शिक्षक तथा कर्मचारीहरू आजै विद्यालयमा उपस्थित भई प्रशासनिक कार्य, सरसफाइ र आन्दोलनका क्रममा देखिएको क्षतिको विवरण संकलन गर्नुपर्नेछ। तर, विद्यार्थीलाई भने तत्कालै विद्यालयमा उपस्थित नहुन भनिएको छ।

काठमाडौं बाहिरका कतिपय स्थानीय तहहरूले पनि आजदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् भने काठमाडौंका विद्यालयमा पठनपाठन औपचारिक रूपमा भोलिदेखि (सोमबार) सुरु हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?