कानुनी शासनको जगमा निकास निकाल्न आयोगको आग्रह

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा विद्यमान संकटपूर्ण परिस्थितिमा कानुनी शासन र लोकतान्त्रिक मूल्यको आधारमा निकास खोज्न राष्ट्रपतिसमक्ष आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘आयोगले मानव अधिकार, लोकतान्त्रिक मूल्य र कानुनी शासनको अवधारणाको आधारमा निकास निकाल्नु उपयुक्त हुने धारणा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राखेको हो ।’

विज्ञप्तिमा आयोगले राष्ट्रपतिबाट मानव अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानुनी शासनको रक्षार्थ आवश्यक कदम चालिने दृढ विश्वास व्यक्त गरेको छ। साथै, वर्तमान परिस्थितिबारे अन्य सरोकारवालासँग पनि आयोग निरन्तर सम्पर्कमा रहेको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?