रास्वपाबाट निकालिएका मुकुल ढकालले गर्न थाले राजतन्त्रको वकालत

लोकपथ
168
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निकालिएका पूर्व महामन्त्री समेत रहेका डा. मुकुल ढकालले राजतन्त्रको वकालत गरेका छन् ।

उनले यसअघि रास्वपाभित्रै शक्ति संघर्ष गरिरहेका थिए । तर पछिल्लो राजनीतिक परिस्थितिपछि उनले खुलेर राजतन्त्रको वकालत गर्न थालेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै वर्तमान अवस्थामा राजसंस्था बाहेक अरु विकल्प नहुने बताए ।

‘जे भयो आवश्यक थियो, तर आवश्यकता भन्दा बढी पनि भयो । दुःखद घटना घटे । मानिसहरू विभिन्न ध्रुवमा विभाजित भएका छन्, राष्ट्रिय एकता र शान्ति आजको पहिलो आवश्यकता हो । अबको बाटो लामो अस्थिरतामा जान सक्छ , अराजकताबाट सत्ता कब्जा गर्ने प्रवृत्ति पटक पटक दोहोरिने खतरा छ । मान या नमान , नेपालीहरूमा वृहत्तर एकता र देशमा शान्ति कायम गर्दै, फेरी शुन्यबाटको यात्रा गर्नका लागी राजसंस्था फर्किनु बाहेकको विकल्प अब देशसँग रहेन । फागुणमा नै राजा ज्ञानेन्द्रले देशवासीको नाममा संवोधन गर्दै भनेका थिए, (ूराष्ट्र जोगाउने हो भने, हामीलाई साथ दिनुहोस्। राष्ट्रलाई के भएको छ भनेर खिल्लि उडाए । राष्ट्र जोगाउन, राजा बाहेकको विकल्प पनि हामीसँग छैन,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?