प्रधानमन्त्री निवास बालुवाटार छिरे प्रदर्शनकारी

लोकपथ
875
Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शनकारी प्रवेश गरेका छन् । बिहानैदेखि सुरु भएको आक्रमक आन्दोलनका क्रममा उनीहरूले विभिन्न सरकारी निकायमा नियन्त्रण जमाउँदै प्रधानमन्त्री निवाससम्म पुगेका हुन् ।

यसअघि आन्दोलनकारीहरूले शीर्ष नेताहरूका घर, विभिन्न पार्टी कार्यालय, प्रहरी इकाइ तथा संसद् भवनमा समेत तोडफोड र आगजनी गरेका थिए ।

राजधानीमा सुरु भएको आन्दोलन क्रमशः उग्र बन्दै गएपछि सुरक्षा निकाय थप सतर्क बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?