प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो 

लोकपथ
665
Shares

काठमाडौं  । प्रदर्शनकारीहरूले आज (मंगलबार) बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । आक्रोशित भीडले संसद् भवनमा प्रवेश गरी आगो लगाएको हो ।

यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाएका थिए । लगातार भइरहेका आन्दोलन र आक्रोशका कारण राजधानीमा तनावपूर्ण स्थिति सिर्जना भएको छ ।

प्रदर्शनकारीहरूले विभिन्न सरकारी निर्णय र नेताहरूको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै राजधानीका प्रमुख सरकारी भवनहरूमा आक्रमण गरेका छन् ।

सरकारी अधिकारीहरूले स्थिति नियन्त्रणमा ल्याउन प्रयास गरिरहेका छन् भने घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?