काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो पार्टीका महासचिव चन्दनकुमार सिंहले जेनजी पुस्ताको आन्दोलनप्रति समर्थन जनाउँदै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइएको आज मंगलबार जनाएका छन् ।
‘समर्थन फिर्ता लिइसकेका छौँ, औपचारिक पत्र बुझाउन मात्रै बाँकी छ,’ उनले भने ।
जनमतले ओली सरकारलाई समर्थन गरेपनि सरकारमा मन्त्री भने पठाएको छैन ।
यसैगरी, जनमतले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पनि राजीनामा दिन निर्देशन दिएको छ । लगत्तै उनले राजीनामा पनि दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया