चौतर्फी आलोचनापछि प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

लोकपथ
2.4k
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

जेनजी समूहको आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भएपछि प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भइरहेको छ । यसैबिच प्रधानमन्त्री ओलीले वार्ता र संवादबाट समाधान खोज्न आग्रह गरेका छन् । साथै सर्वदलीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘वार्ता र संवादबाट समाधान खोज्न प्रधानन्त्रीको आग्रह, सर्वदलीय बैठक आव्हान,’ प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आजै साँझ ६ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?