सांसद असिम शाहको राजीनामा, जेनजी आन्दोलनमा संलग्न हुने घोषणा

लोकपथ
10.6k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् ।

शाहले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाको सदस्य पद तत्काल प्रभावका साथ त्यागेको घोषणा गरेका हुन् । उनले संसद सदस्यको हैसियतमा जारी जिम्मेवारी अब निर्वाह नगर्ने स्पष्ट पारेका छन् ।

साथै शाहले आजदेखि नै जेनजी आन्दोलनमा सक्रिय रूपमा सहभागी हुने घोषणा गरेका छन् । उनले युवाहरूको आन्दोलनलाई आफ्नो समर्थन रहने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?