जेन–जी आन्दोलन : विपक्षी दलहरूले मागे प्रधानमन्त्री ओलीको राजीनामा

लोकपथ
1.3k
Shares

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरूको मंगलबारको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले जेन–जी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरिएको बताए । उनले जेन–जी आन्दोलनमाथि सरकारले गरेको दमनलाई इतिहासकै सर्वाधिक बर्बर रहेको ठहर गरेको जानकारी दिए । युवाहरुको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ ।उहाँले युवाहरूको स्वतस्फूर्त आन्दोलनलाई कुनैपनि पार्टीले आफ्नो स्वार्थमा प्रयोग गर्न नहुने बताए । घटनाको सत्यतथ्य छानविन गरी दोषिमाथि कारबाही गर्न समेत बैठकले माग गरेको छ ।

उनले भने, ‘वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले हिजो मात्रै जेन–जी पुस्ताको आन्दोलनमाथि गरेको बर्बर दमन र लोकतान्त्रिक आन्दोलन, शहरका जनआन्दोलनहरुमा अहिलेसम्मकै ठुलो दमन नरसंहारकै रुपमा लिएको घटनाप्रति खेद व्यक्त गरेको छ । भत्सना गरेको छ । र सम्पूर्ण युवाहरु जसले बलिदान दिनुभयो उहाँहरुलाई श्रदाञ्जली दिँदै घाइतेको निःशुल्क उपचारको लागि माग गरेका छौं । पख्रतिपक्षी दलहरुको तर्फबाट लोकतन्त्रकै कलंक भन्ने जस्तो घटना भएको छ । यो केपी ओली नेतृत्वको गठबन्धन सरकारको निरङ्कुश, स्वेच्छाचारी र अनैतिक सरकारको रबैया अस्वीकार्य छ । त्यसैले सरकारको नेतृत्वकर्ता केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ । र युवाहरुसँग छलफल गर्दै यो स्थितिलाई साम्य पार्नुपर्छ ।’

यसैगरीयुवाहरुको माग सम्बोधन गर्न आवश्यक वार्ता गर्न पनि माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?