काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले अस्वीकार गरेको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटार बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका थिए । तर प्रधानमन्त्री ओली भने त्यसमा सकारात्मक नबनेका हुन् ।
सरकारले हालै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै जेनजी पुस्ताले आज काठमाडौंमा ठूलो प्रदर्शन गरेका थिए । सो प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जना जेनजी पुस्ताका युवाहरुको ज्यान गएको छ ।
जेनजीमाथि सरकारले धरपकड गरेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ । यता गृहमन्त्री रमेश लेखकले भने राजीनामा दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया