काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेनजीको आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै आलोचना गरेका छन् ।
सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै डा. कोइरालाले आज सरकारकै कारण परिकल्पना भन्दा बाहिरको घटना हुन गएको बताए । साथै वर्तमान सरकारको औचित्य सकिएको भन्दै कटाक्ष गरेका छन् ।
उनले आफू सधैँ जेनजी पुस्ताको साथमा रहने समेत स्पष्ट पारेका छन् ।
‘तपाईंहरुका माग समय सापेक्ष र जायज छन् । आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भन्दा अरु के होला र रु देशवाट भ्रष्टाचार निर्मुल हुनैपर्छ,’ डा. कोइरालाले भनेका छन्, ‘आजवाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ । तपाईं हामी मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोजौं ।’
डा. कोइरालाले सामाजिक सञ्जालमा भनेका छन् :
प्रिय जेनजी साथीहरु,
आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन । जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश क्रुर सरकारले हातमा किताब कापी बोकेर देश भित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा बिध्यार्थीहरुमाथि बर्वर ढंगवाट गोली प्रहार गरेको छ ।
त्यसको जति निन्दा र भत्र्सना गरे पनि पुग्दैन । सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ ।
श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मल्हम लगाउन सक्दैन । यस पिडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु ।
तपाईंहरुका माग समय सापेक्ष र जायज छन् । आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भन्दा अरु के होला र रु देशवाट भ्रष्टाचार निर्मुल हुनैपर्छ ।
आजवाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ । तपाईं हामी मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोजौं ।
तपाईंको अभिभावक,
डा शेखर कोईराला।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया