चौतर्फी आलोचनापछि गृहमन्त्री लेखकले दिए पदबाट राजीनामा

लोकपथ
1.3k
Shares
फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले राजीनामा दिने घोषणा गरेका हुन् ।

त्यसो त आजै बसेको कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिने जानकारी समेत गराएका थिए ।

गृहमन्त्री लेखकले क्याबिनेट बैठकमा राजीनामा दिने पार्टीलाई जानकारी गराएको कांग्रेसका एक पदाधिकारीले लोकपथलाई जानकारी दिए ।

जेनजी समूहले आज दिउँसो काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेका थिए । सो क्रममा १९ जनाको मृत्यु भइसकेको छ भने ३५० हाराहारीमा घाइते भएका छन् ।

प्रहरीले जेनजीमाथि निर्मम प्रहार गरेको भन्दै गृहमन्त्री लेखकसहित सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?