रास्वपाले भन्यो– ‘सरकार पूर्ण असफल भयो, अब अर्ली इलेक्सनमा जाऔँ’

लोकपथ
1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार भएको जेनजी समूहको प्रदर्शनबारे सरकारको आलोचना गरेको छ ।

अहिले संसदका दुई ठूला दलहरु मिलेर सरकार बनाएको तर नागरिकको आवश्यक्ता पूरा गर्न नसेकका कारण जेनजीले गरेको आन्दोलनमा सरकार अमानवीयता देखाएको भन्दै आक्रोश व्यक्त गरेको छ । साथै राष्ट्रिय मुद्दामा दुई ठूला दल नेतृत्वको सरकारले हल निकाल्न नसकेको भन्दै ताजा जनादेश यानेकी अर्ली इलेक्सनको माग समेत गरेको छ ।

‘नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेश (Early Election) को माग गर्दछौँ,’ रास्वपाले विज्ञप्ति जारी गर्दै भनेको छ ।

त्यस्तै सरकार पूर्ण असफल भइसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत रास्वपाले माग गरेको छ । यता जेनजीको आन्दोलनबारे छानबिन गर्न उच्च न्यायीक छानबिन समिति गठन गरी दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न माग समेत रास्वापले गरेको छ ।

‘वर्तमान सरकारको औचित्य पुर्णतस् समाप्त भइसकेको परिप्रेक्षमा प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दछौँ । साथै घटनाको निश्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरि गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ,’ रास्वपाले भनेको छ ।

जेनजीले आज देशभर गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?