काठमाडौं । हालै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा विभिन्न १७ विद्यार्थी संगठनले आपत्ति जनाएका छन् ।
आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै १७ विद्यार्थी संगठनले आम मानिसको जीवनसँग जोडिएको विषयमा सरकारले चासो नदिइ बन्द गरेको भन्दै आपत्ति जनाएको हो ।
‘यस प्रतिबन्धले उनीहरुको रोजगारी गुम्ने र व्यवसाय धराशायी हुने गम्भीर खतरा उत्पन्न भएको देखिन्छ । तसर्थ सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनरावलोक गर्न, सामाजिक सञ्जालहरु तत्काल पुनः सञ्चालन गर्न, अभिव्यक्ति स्वतन्त्रता, शिक्षा, रोजगारी र आर्थिक अवसरमाथि खतरा उत्पन्न गर्ने नीतिहरु तुरुन्त फिर्ता लिँदै विद्यार्थी, डिजिटल सामग्री निर्माता, व्यवसायी तथा अन्य सरोकारवालासँग तत्काल संवाद गरी उपयुक्त विकल्प अवलम्बन गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै नेपालमा दर्ता हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्महरुलाई दर्ता हुन समेत आग्रह गरेका छन् ।
सरकारले सामाजिक सञ्जाल बन्द गर्दा सञ्चारमा अवरोधदेखि अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँच कमजोर बनाउँदै विद्यार्थीहरुको अध्ययन, अनुसन्धान र अन्वेषणमा समेत गम्भीर असर परेको भन्दै संयुक्त विद्यार्थीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया