मनाङ प्रदेश सभा उपनिर्वाचनका लागि दल दर्ता गर्ने कांग्रेसको निर्णय

लोकपथ
497
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यो निर्णय गरेको हो । बैठकमा सहभागी सहमहामन्त्री डिना उपाध्यायका अनुसार मनाङको निर्वाचनमा दल दर्ता नै आजको बैठकको मूल एजेन्डा रहेको थियो ।

उपाध्यायले भनिन्, ‘केन्द्रीय समितिले निर्णय गर्नुपर्ने भए पनि तत्काल बैठक बोलाउन नसक्दा कार्यसम्पादन समितिले पछि अनुमोदन हुनेगरी निर्णय गरेको छ। यसैगरी बैठकमा समसामयिक विषयमा पनि छलफल भएको छ ।’

बैठकमा सामाजिक सञ्जाल सम्बन्धी विषयमा पनि विचार भएको र कांग्रेसले नियमन तर्फ सकारात्मक दृष्टिकोण राख्दै पनि सामाजिक सञ्जाल बन्द गर्नु नहुनेमा जोड दिएको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?