काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा नरहेको आरोप लगाएका छन् ।
संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा शुक्रबार आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थाः जनजागरण अभियान’ मा सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा बढी संकटमा छ, धरापमा छ । यसका लागि कांग्रेस र कम्युनिष्ट जिम्मेवार छन् ।’
उनले कांग्रेस कहिल्यै संघीयताको पक्षमा नरहेको बताए भने कम्युनिष्टलाई अवसरवादी जमातका रूपमा वर्णन गर्दै वास्तविक कम्युनिष्ट सिद्धान्त, विचार, आदर्श वा चरित्रमा नभएको आरोप लगाए । अध्यक्ष यादवले भने, ‘कम्युनिष्टको साइनबोर्ड लगाएर सबै कमाउने अवसरवादी जमात हो, जो कहिले पनि संघीयता र समावेशिताको पक्षमा थिएनन्। अहिले दुवै मिलेर संघीयतामाथि सबैभन्दा धेरै प्रहार गरिरहेका छन्। यो देखावटी, नक्कली र अपाङ्ग संघीयता हो ।’
साथै उनले प्रदेश सरकारको अधिकार र कानुनी सशक्तिकरण नभएको भन्दै वर्तमान प्रदेश सरकारको कार्यशैली पनि असन्तोषजनक भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया