काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी नागरिकलाई भगाउने प्रयास भइरहेको आरोप लगाउँदै आफूहरू एक भएको बताए ।
संघीय लोकतान्त्रिक मोर्चाले शुक्रबार जनकपुरधाममा आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था : जनजागरण अभियान’ कार्यक्रममा उनले मधेसी राजनीतिक दलहरूको एउटै आवाज रहेको र पार्टी अलग भए पनि मधेसी मुद्दामा एकै ठाउँमा रहेको बताए ।
अध्यक्ष ठाकुरले भने, ‘हामीलाई भगाउने प्रयास भइरहेको छ। त्यसैले हामी एक ठाउँमा उभिएका छौँ । हाम्रो एउटै आवाज छ। अलग अलग भएर पनि एकसाथ लड्छौँ र अन्तिमसम्म एक भएर लडिरहन्छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया