प्रधानमन्त्री ओलीको दाबी– ‘०८४ को निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन’

लोकपथ
399
Shares

 काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन् ।

शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले सिंगो पार्टी पंक्तिलाई परिचालन गरी अघि बढे पार्टीलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताए ।

उनले भने, ‘हामी गम्भीरताका साथ मिसन २०८४ तर्फ अगाडि बढेका छौँ । २०८४ मा हामीले एकल बहुमत ल्याउनु पर्छ। कम्तीमा एकल बहुमत हामीले ल्याउनु पर्दछ । कमरेडहरू, यदि हामी जनताको बिचमा सक्रियतापूर्वक गयौँ भने हाम्रा सम्पूर्ण पार्टी र जन वर्गीय संगठनका सम्पूर्ण कमिटी, कार्यकर्ता, सदस्य र समर्थकहरूलाई परिचालन गरेर जनताका बिचमा गयौँ भने बहुमत ल्याउनबाट कसैले पनि हामीलाई रोक्न सक्दैन ।’

प्रधानमन्त्री ओलीले सरकारले रहेकाले निर्वाचनमा धाँधली हुन नदिने र निष्पक्ष, स्वतन्त्र तथा शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न हुने विश्वास व्यक्त गरे ।

उनले पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूलाई आगामी निर्वाचनमा सक्रिय भएर काम गर्न निर्देशन दिँदै भने, ‘यस परिस्थितिलाई ध्यानमा राखेर हाम्रा गतिविधि अगाडि बढाउन आवश्यक छ । पार्टीले मिसन २०८४ लाई गम्भीरताका साथ अघि बढाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?