लिपुलेकको विषयमा चिनियाँ राष्ट्रपतिलाई स्पष्टसँग भनेर आएको छु : प्रधानमन्त्री ओली 

लोकपथ
420
Shares

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा लिपुलेकबारे भारत र चीनबिच भएको सम्झौताप्रति स्पष्ट असहमति व्यक्त गरेका छन् ।

पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘चीनका राष्ट्रपतिसँगको औपचारिक वार्तामा मैले लिपुलेकसम्बन्धमा भारत र चीनले हाम्रो भूमिबाट व्यापार आदान–प्रदान गर्ने सम्झौता गर्न मिल्दैन, हाम्रो असहमति छ भन्ने कुरा प्रष्ट ढङ्गले राखेँ । यो कुरा अडियो, भिडियो र दुई देशको नोटमा रेकर्ड छ ।’

प्रधानमन्त्री ओलीका अनुसार, सी जिनपिङले नेपालको सार्वभौमसत्तामा कुनै प्रकारको असर नपर्ने र सीमाको विषय नेपालको र भारतको कूटनीतिक छलफलमार्फत समाधान गर्नुपर्ने जवाफ दिएका थिए ।

उनी थपे, ‘तपाईंहरुलाई परेको आशंकामा हाम्रो ध्यान छ । नेपालको सार्वभौमसत्तामा तलमाथि हुने छैन, दिइनेछैन । हामी समर्थन गर्छौँ। सिमानाको विषय नेपाल र भारतको हो। तपाईँहरूले कूटनीतिक रूपमा समाधान गर्नुस् ।’

प्रधानमन्त्री ओलीको यो अडानले लिपुलेक क्षेत्रमा नेपालको दाबीलाई थप बल पुर्‍याउनेछ भन्ने विश्लेषकहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?