काठमाडौं । एनसेलको मुल कम्पनी एनसेल आजियाटा लिमिटेडले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु आफ्नो इन्टरनेट सेवाबाट नचल्ने जनाएको छ ।
सरकारले नेपालमा दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरुलाई बन्द गर्न निर्देशन दिएको छ ।
सरकारको निर्देशनपछि नेपाल दूरसञ्चार प्राधिकरणले सबै सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो । त्यससँगै एनसेलले पनि सरकारको निर्देशन बमोजिम दर्ता नभएका सामाजिक सञ्जालहरुलाई आफ्नो इन्टरनेट सेवाबाट नचल्ने जनाएको हो ।
यता एनसेलले दर्ता भएका टिकटक भाइबर लगायतका सामाजिक सञ्जाल प्लेटफर्महरु भने निर्वाचन रुपमा आफ्नो इन्टरनेट सेवाबाट चल्ने जनाएको छ ।
यद्यपि मेटाले अनौपचारिक रुपमा नेपालमा दर्ताका लागि खबर गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मेटाले सरकारसँग समन्वय गरी दर्ता प्रक्रियामा तत्काल नगएमा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया