अनौपचारिक रुपमा मात्रै सम्पर्कमा आयो ‘मेटा’, तर सामाजिक सञ्जाल भने बन्द हुने

लोकपथ
2.9k
Shares

काठमाडौं । सरकारले बन्द गर्ने निर्णय गरेपछि फेसबुक, ह्वाट्सएप, इन्स्ट्राग्रा लगायत सामाजिक सञ्जाल प्लेटफर्मको मुल कम्पनी मेटा सम्पर्कमा आएको छ ।

सरकारले दर्ता नभएका विभिन्न २६ सामाजिक सञ्जाल प्लेटफर्म निर्देशन दिएको थियो । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा बैठक बसी नेपाल दूरसञ्चार प्राधिकरणलाई सामाजिक सञ्जाल बन्द गर्न भनेका थिए ।

सोही अनुसार प्राधिकरणले सबै इन्टरनेट प्रदायकहरुलाई सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिएको थियो ।
सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि यसअघि दर्ता गर्न नआएको मेटा सम्पर्कमा आएको छ ।

मेटाले औपचारिक रुपमा दर्ता प्रक्रिया र कागजातका बारेमा बुझेको मन्त्रालयका प्रवक्ता सहसचिव गजेन्द्रकुमार ठाकुरले लोकपथलाई जानकारी दिए । अनौपचारिक रुपमा खबर आए पनि औपचारिक पत्र नआइ नमान्ने बताए ।

‘औपचारिक रुपमा दर्ता प्रक्रिया र कागजातबारे विवरण माग गरेको छ । हामी कागजात र प्रक्रियाबारे जानकारी पठाएका छौँ,’ उनले लोकपथसँग भने ।

त्यस्तै औपचारिक रुपमा पत्र र प्रक्रिया अघि नबढी सरकारको निर्देशन अनुसार नै सामाजिक सञ्जाल बन्द हुने उनले बताए ।

‘अब उसो भए फेसबुक लगायत सामाजिक सञ्जाल बन्द हुन्छ कि हुँदैन त ?’ भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘उसले धेरै चासो देखाएकै होइन, अनौपचारिक माध्यमबाट मात्र कुरा आएको हो । तर उसले फर्मल्ली पत्र नपठाएकन हुँदैन । हामीले नेपाल दूरसञ्चार प्राधिकरणलाई भनिसकेका छौँ सोही अनुसार सामाजिक सञ्जाल बन्द हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?