२६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

लोकपथ
448
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा दर्ता नभएका विभिन्न २६ वटा सामाजिक सञ्जालका माध्यमहरु बन्द गर्न निर्देशन दिएको छ ।

आज सञ्चारमन्त्रालयमा बसेको मन्त्रीस्तरीय निर्णयले नेपालमा दर्ता हुन आनाकानी गरेका सामाजिक सञ्जालका माध्यमहरुलाई बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई निर्देशन पठाउँदै बन्द गर्न आग्रह गरेको थियो । सोही अनुसार प्राधिकरणले पनि फेसबुक, इन्स्ट्राग्राम, युट्युब, ह्वाट्स एप, लगायतका २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न इन्टरनेट प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको हो ।

त्यसो त नेपालमा दर्ता नै नभएका विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरुलाई दर्ता हुन आग्रह गरेको थियो । सरकारले ७ दिनको समय दिए पनि नटेरेपछि बन्द गर्ने बाटोमा सरकार गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?