ठेकेदारसँग घुस माग्ने जिल्ला अस्पतालका हेल्थ असिस्टेन्ट पक्राउ

गौर, २१ कात्तिक । जिल्ला अस्पताल रौतहटका हेन्थ असिस्टेन्ट तथा इमरजेन्सी इन्चार्ज प्रवीण कुमार झा १ लाख नगद घुससहित पक्राउ परेका छन् ।

ठेकेदारसँग घुस मागेको भन्दै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले पक्राउ गरेको हो । जिल्ला अस्पताल गौरमा मर्मत तथा रंङ्गरोगनको ठेक्का लिएका एक ठेकेदारसँग झाले १ लाख रुपैयाँ घुस मागेका थिए ।

जापानीज सँस्था कोइकाको समेत लगानी गर्दै गरेको जिल्ला अस्पतालको स्तरोन्नतीका काम समेत भइरहेको थियो । काम गर्ने क्रममा पटकपटक रकम मागेर हैरान बनाएको भन्दै ठेकेदार अख्तियार गुहार्न पुगेका थिए ।

ठेकेदारको उजुरीपछि झालाई कार्यकक्षबाटै अख्तियारको टोलीले नगद रकमसहित नियन्त्रणमा लिएको हो । हेल्थ असिस्टेन्ट झाले भने आफूले सापट रकम मागेको दाबी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?