काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको सार्वजानिक नीति तथा प्रत्यायोजित विधायन समितिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेको छ। समितिले बुधबार मैदानको प्यारापिट निर्माण र फ्लडलाइट जडानको प्रगति मूल्याङ्कन गरेको हो।
आयोजना प्रमुख चक्रवर्ती कण्ठले समितिलाई हालसम्मको कार्यप्रगति सम्बन्धी जानकारी दिएका थिए । उनले भदौ मसान्तसम्म प्यारापिट निर्माणको सम्पूर्ण काम पूरा हुने भए पनि फ्लडलाइट जडानमा अझै एक महिना लाग्ने अनुमान रहेको बताए । फ्लडलाइटका लागि आवश्यक सामग्री अझै आइपुगेको छैन भन्ने कारणले काम ढिला भइरहेको उनले जानकारी दिएका थिए ।
समितिका सभापति मायाप्रसाद शर्माले निर्माण कम्पनीले तोकिएको समयमा काम सम्पन्न गर्नुपर्ने बताए । उनले भने, ‘हाल कम्पनीले दैनिक हर्जना तिरेर काम गरिरहेको छ, तर अब म्याद पटक पटक थप्न सकिने अवस्था छैन ।’
निर्माण कम्पनीले निर्धारित समयभित्र काम नसकेका कारण सरकारले तोकेको दैनिक हर्जना तिरेर कार्य अघि बढाइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया