भूमिसम्बन्धी विधेयक भूमाफिया, जग्गा दलालहरुका लागि ल्याइयो : सांसद साह

लोकपथ
357
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य मदनकुमारी साहले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक भूमाफिया र जग्गा दलालका पक्षमा केन्द्रित भएको आरोप लगाएकी छन् ।

मंगलबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यसअघि आएको भूमि सम्बन्धी अध्यादेशलाई राष्ट्रपतिले फिर्ता पठाउने कारण झल्किने खालका प्रावधान विधेयकमा समावेश गरिएको दाबी गरिन् ।

उनले भनिन्, ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न विधेयक बनेको छ । यसअघि आएको अध्यादेशलाई सम्माननीय राष्ट्रपतिज्यूले फिर्ता पठाउनुभएको थियो । तर, अहिले ल्याइएको विधेयक त्यही स्वरूपमा देखिन्छ। भूमिहिन सुकुम्वासीको व्यवस्थापनका लागि ल्याइएको भन्ने सरकारको जिकिर भए पनि प्रावधान हेर्दा भूमाफिया र जग्गा दलालका लागि ल्याइएको हो कि भन्ने शंका लाग्छ ।’

साहका अनुसार कानुनको आवरणमा नीतिगत खेल खेलिएको देखिने अवस्था रहेको छ । उनले भूमिहीन र सुकुम्वासीको नाममा दलाललाई फाइदा हुने गरी प्रावधान राखिनु गम्भीर प्रश्न उठ्ने विषय भएको टिप्पणी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?